प्रतिनिधिसभाको सचिवबाट हर्कराज राईलाई हटाइयो

प्रतिनिधिसभाको सचिवबाट हर्कराज राईलाई हटाइयो


काठमाडौं । प्रतिनिधिसभाको सचिवबाट हर्कराज राईलाई हटाइएको छ ।

सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई प्रतिनिधिसभाको सचिवबाट हटाएका हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘राष्‍ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको मिति २०८३/०१/२८ गतेको सिफारिसमा सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्‍ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम हर्कराज राईलाई मिति २०८३/०१/२९ गतेदेखि प्रतिनिधिसभाको सचिवको पदबाट हटाउनु भएको छ ।’

सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्‍ट्रिय सभाका सचिवलाई सभामुख तथा राष्ट्रिय सभाको अध्यक्षको रिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा हटाउने व्यवस्था छ ।