काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरिएको छ । सभापति गगन थापाले एक जना सदस्यलाई हटाएर तथा दुई जना सदस्य थपेर समिति पुनःगठन गरेका हुन् ।
कांग्रेसको संशोधित विधान २०१७ को धारा ३४ को उपधारा ७ मा अनुशासन समितिको व्यवस्था छ । उक्त समिति पुनर्गठन भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।
समिति संयोजकमा तारामान गुरुङ, सदस्य धना खतिवडा रमेशप्रसाद धमला र बजरंग नेपाली छन् । यसअघि समितिमा खतिवडा र सुवासकुमार पोखरेल रहेकामा धमला र नेपाली थपिएका हुन् । पोखरेललाई समितिबाट हटाइएको हो ।


प्रतिक्रिया