मन्त्रिपरिषद् हेरफेर – प्रधानमन्त्रीले आफूसँगै राखे ३ मन्त्रालय

मन्त्रिपरिषद् हेरफेर – प्रधानमन्त्रीले आफूसँगै राखे ३ मन्त्रालय


काठमाडौं । मन्त्रिपरिषद्‌मा जिम्मेवारी हेरफेर गरिएको छ ।

बिहीबार गरिएको हेरफेरमा प्रधानमन्त्री बालेन्द्र शाहले तीन मन्त्रालय आफूसँगै राखेका छन् ।

प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

नयाँ कार्यविभाजनअनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राखेका छन् ।

सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहेको थियो । अहिले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि थपिएको हो ।