काठमाडौं । संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको १४ बुँदे शान्ति प्रस्तावलाई अस्वीकार गरेको इरानी दैनिक अखबार तेहरान टाइम्सले जनाएको छ ।
इरानले दुई चरणको वार्ता प्रक्रियाको प्रस्तावसहित उक्त प्रस्ताव पेस गरेका तेहरान टाइम्सले जनाएको छ ।
प्रस्तावअनुसार पहिलो चरणको लक्ष्य युद्धको अन्त्य गर्नु हो भने इरानका सर्तहरू पूरा भए पछि आणविक मुद्दा सम्बन्धी दोस्रो चरणको वार्ता सुरु हुनेछ ।
यस महिनाको सुरुमा इरानले संयुक्त राज्य अमेरिकामा १४–बुँदे प्रस्ताव पेश गर्दै शत्रुता अन्त्य र आफ्नो क्षेत्रबाट अमेरिकी सेनाको पूर्ण निकासीको आह्वान गरेको थियो । यो प्रस्ताव अमेरिकी प्रस्तावको जवाफमा पाकिस्तानी मध्यस्थतामार्फत प्रदान गरिएको थियो ।
यसअघि वासिङ्टनको योजनाले दुई महिनाको युद्धविरामको आह्वान गर्दा तेहरानल युद्धविरामको सट्टा “युद्धको अन्त्य“ मा केन्द्रित हुदै ३० दिनको समयसीमा अनुरोध गरेको थियो ।

प्रतिक्रिया