काठमाडौं । कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।
सभापति गगन थापाले शुक्रबार उनलाई कोषाध्यक्ष मनोनीत गरेका हुन् । चितवनका श्रेष्ठ व्यवसायिक पृष्ठभूमिका नेता हुन् । उनलाई यसअघि तत्कालीन सभापति शेरबहादुर देउवाले पनि कोषाध्यक्ष मनोनीत गरेका थिए ।
तर, उनको मनोनयन केन्द्रीय कार्यसमितिबाट अनुमोदन नहुँदै नयाँ घटनाक्रम विकसित भएको थियो । देउवानिकट नेताहरूले गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशन बहिष्कार गर्दा श्रेष्ठ भने सहभागी भएका थिए ।

प्रतिक्रिया