एमालेका अध्यक्ष केपी शर्मा ओलीले सारे सचिवालयको बैठक

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सारे सचिवालयको बैठक


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको सचिवालयको बैठक स‍ोमबारलाई सरको छ । शुक्रबार एमालेले आज सचिवालय बैठक आह्वान गरेको थियो ।

जेठ ३ गते आइतबार मदन आश्रित जयन्तीको तयारीमा हुने विविध कार्यक्रममा नेताहरु व्यस्त हुनुपर्ने भएकाले बैठक सरेको केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले बताए ।