धनगढी। नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ। काँग्रेसले सुदूरपश्चिम प्रदेश समितिले पार्टीको वृहत एकता र पुनर्जागरणका लागि आयोजना गरिएको बताएको छ । उक्त मेला १० जेठमा धनगढीको शिराई स्वयम्बरमा बिहान ९ बजेदेखि सुरु हुने भएको छ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति बिर बहादुर बलाएरले पार्टी सभापति शेरबहादुर देउवापक्षधर मात्रै नभै सबै नेपाली काँग्रेसका केन्द्रीय तथा प्रदेश स्तरका नेताहरूको उपस्थिति रहने बताएका छन् ।
भेलामा राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मुख्य नारा बनाइएको छ। पार्टीका कार्यकर्ता, शुभचिन्तक तथा आम जनतालाई कार्यक्रममा व्यापक सहभागिता जनाउन आयोजकले आह्वान गरेको छ।

प्रतिक्रिया