अर्थमन्त्री बैठकमा आएपछि सुरु भयो बजेटका सिद्धान्तमाथिको छलफल

अर्थमन्त्री बैठकमा आएपछि सुरु भयो बजेटका सिद्धान्तमाथिको छलफल


काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल चलिरहँदा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि विरोध हुँदा स्थगित भएको प्रतिनिधिसभाको बैठक अर्थमन्त्रीको उपस्थितिपछि फेरि सुरु भएको छ ।

रास्वपाकै सांसद अमरेश सिंहले अर्थमन्त्री बैठकमा अनुपस्थित हुँदा आक्रोश पोखेका थिए । उनले परम्परा भत्काउने नाममा सबै परम्परा भत्काए संसदीय व्यवस्थाको औचित्य नहुने चेतावनी दिएका थिए ।

त्यसपछि एमालेका राजेन्द्र राईले अर्थमन्त्री उपस्थित नभएसम्म रोस्ट्रम नछोड्ने बताएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका थिए । अर्थमन्त्री वाग्ले अहिले बैठकमा उपस्थित छन् ।