काठमाडौं । नविनयुक्त प्रधानन्यायाधीश मनोज शर्माले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरी शपथग्रहण गराएका हुन् ।
शर्मा आफूभन्दा वरिष्ठतम तीन जना सर्वोच्च अदालतका न्यायाधीशलाई पछाडि पार्दै न्यायपालिका प्रमुख बनेका हुन् । रास्वपा नेतृत्वको सरकार बनेपछि अध्यादेशबाट संवैधानिक परिषद्सम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरी शर्मालाई प्रधानन्यायाधीश बनाइएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षीका दलका नेता र राष्ट्रियसभाका अध्यक्षले लिखित असहमतिका बाबजुद शर्माको नाम सिफारिस गरेको थियो । सो सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्नै पर्ने बाध्यता देखिएपछि रास्वपाको बहुमत रहेको संसदीय सुनुवाइ समितिले एकै दिन उजुरीमाथि छलफल, शर्माको सुनुवाइ र अनुमोदन फास्ट ट्र्याकमा गरेको थियो । संसदीय अनुमोदनलगत्तै उनले शपथसमेत लिएका छन् । र पदभारसमेत ग्रहण गरेका छन् ।
शर्माले न्यायलयको नेतृत्व गर्दै गर्दा बार एसोसिएसन भने आन्दोलनमा छ ।

प्रतिक्रिया