छलफलबिनै विधेयक पारित

छलफलबिनै विधेयक पारित


काठमाडौं । विपक्षी दलहरूको विरोधबीच वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित भएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन् ।

त्यसअघि छलफलमा भाग लिन समय दिइएको थियो । सत्तारूढ दल रास्वपा सांसद लिमा अधिकारी र गणेश कार्कीले आफ्नो संशोधन फिर्ता लिएका थिए भने विपक्षी सांसदहरूले भने छलफलमा भाग लिएनन् ।

छलफलबिनै विधेयक पारित गरिएको हो । विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेका छन्।

संसद् बैठक जेठ १२ गते मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।