संसदमा प्रतिपक्षी दलहरुको अवरोध पछि रास्वपा सभापति लामिछानेले थाले पार्टीका सांसदसंग छलफल

संसदमा प्रतिपक्षी दलहरुको अवरोध पछि रास्वपा सभापति लामिछानेले थाले पार्टीका सांसदसंग छलफल


 

काठमाडौं ।संसदमा प्रतिपक्षी दलहरुको अवरोध पछि रास्वपा सभापति रवि लामिछानेसँग पार्टीका सांसदहरूले सामूहिक भेटघाट तथा छलफल गर्दै छन् ।

प्रवक्ता मनिष झाका अनुसार सांसदहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा सभापतिले छलफल गर्ने गरी तालिका बनेको छ ।सोक्रममा आज कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल हुने झाले बताए । उनका अनुसार कोशीका सांसदहरूसँग बिहान ११ बजेदेखि १ बजेसम्म र मधेशका सांसदहरूसँग दिउँसो साढे १ देखि साढे ३ सम्म छलफल हुनेछ ।

विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडानसहित निरन्तर बैठक अवरोध गरिरहेको बेला सभापतिसँग पार्टीका सांसदले सामूहिक छलफल गर्न लागेका छन् । त्यस्तै बजेटको पूर्वसन्ध्यामा हुने यस छलफलमा आफ्ना क्षेत्रका समस्याबारे पनि विमर्श हुने बताइएको छ ।