नेताहरुको कार्य विभाजन टुंग्याउने गुण्डुमा एमाले बैठक जारी

नेताहरुको कार्य विभाजन टुंग्याउने गुण्डुमा एमाले बैठक जारी


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । अध्यक्ष केपी ओलीको भक्तपुरको गुण्डुस्थित निजी निवासमा अहिले बैठक बसिरहेको छ ।
बैठकले नेताहरूको कार्यविभाजन टुङ्ग्याउने तयारी रहेको केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले बताए । मंसिरमा ११औँ महाधिवेशन सम्पन्न भएको भएपनि अहिलेसम्म निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन बाँकी छ। ४ दिनअघि बसेको बैठकमा नेताहरूको कार्यविभाजन प्रस्ताव गरिएको छ । त्यसलाई आज अन्तिम रूप तयारी छ । प्रस्तावित कार्यविभाजनले पार्टीभित्र केही असन्तुष्टि सुनिएको भएपनि पेलेरै टुङ्ग्याउने रणनीतिमा अध्यक्ष ओली रहेको बताइन्छ ।