कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरक्रिया अनिश्चितकालका लागि स्थगित

कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरक्रिया अनिश्चितकालका लागि स्थगित


काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले गर्ने भनिएको सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्यक्रम स्थगित भएको छ। कञ्चनपुरको महेन्द्रनगरमा गर्न तय भएको सदस्यता अद्यावधिक सम्बन्धी अन्तरक्रिया स्थगित गरिएको हो।

पार्टीभित्र चर्को विवादका बीच पूर्वसभापति शेरबहादुर देउवाको गृह प्रदेशमा गर्न तय भएको कार्यक्रम स्थगित भएको जनाएको हो। कांग्रेसले जेठ ११ गते कार्यक्रम गर्ने तय गरेको थियो। तर, मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेठ ११ गते कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिने भनिएको सदस्यता अद्यावधिक सम्बन्धी सुदूरपश्चिम प्रदेशको अन्तरक्रियात्मक कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत सबैलाई जानकारी गराइन्छ ।’

इतर पक्षको सहमति विपरीत सदस्यता अद्यावधिको काम अगाडि बढाइएको भएपनि देउवाको गृृहप्रदेशको कार्यक्रम रोकिएको हो। कांग्रेसले यसअघि ४ प्रदेशमा अन्तरक्रिया गरिसकेको छ। आज गण्डकीमा जारी छ, भोलि मधेश प्रदेशमा गर्ने तय भएको छ।