काठमाडौं । आगामी बजेटमा आयकर छुटको सीमालाई परिमार्जन गरी १२ लाखसम्म पुर्याउन अर्थ मन्त्रालयलाई सुझाव दिइएको छ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको लागि संसदीय समिति तथा उपसमितिको विभिन्न बैठकहरूमा छलफल गरी २७ बुँदे सुझाव अर्थ मन्त्रालयसमक्ष पेस गर्ने निर्णय भएको हो।
‘आम नागरिकलाई राहत दिन व्यक्तिगत आयकरको छुट सीमालाई परिमार्जन गरी विवाहितको हकमा १२ लाख र अविवाहितको हकमा १० लाख कायम गर्न सिफारिस गरिएको छ,’ पहिलो बुँदामा भनिएको छ,‘साथै, पहिलो पटक जग्गा, घर र गाडी खरिदमा आवश्यक परिमाणमा कर छुट दिने व्यवस्था मिलाउन सुझाइएको छ।’

प्रतिक्रिया