सचिवालयमा बैठकमा एमाले अध्यक्ष केपी ओलीले भने – भोलि म बोल्छु

सचिवालयमा बैठकमा एमाले अध्यक्ष केपी ओलीले भने – भोलि म बोल्छु


काठमाडौ्ँ । सचिवालयमा एकपछि अर्का पदाधिकारी आफूविरुद्ध खुलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पनि पार्टीलाई चौतर्फी आक्रमण भइरहँदा संकटमा पार्न खोजिएको दोहोर्‍याएका छन् । हिजो आफ्नै भनिएका नेताहरू मार्ग प्रशस्त गरेर जानुपर्ने पक्षमा उभिएपछि ओलीले आज विरोधीसँग मिलेर पार्टी सक्न खोजिएको बताए । उनले आफ्ना कुरा भोलि सम्बोधनमा राख्ने बताएका छन् । एक नेताले भने, “उहाँले बीचबीचमा बोल्नुभयो । कडै छ कुरा । तपाईँहरूको कुरा सुनिरहेको छु । भोलि म बोल्छु भन्नुभएको छ ।’
हिजोदेखि चलेको बैठकमा बहुमत पदाधिकारीले एमालेलाई कमजोर अवस्थामा पुर्‍याएको जिम्मेवारीसहित राजीनामा दिएर नेतृत्व हस्तान्तरणको बाटोमा जान सुझाएका छन् । हिजो बैठकमा चर्काचर्कीसमेत भएको थियो । नेताहरूको कार्यविभाजन प्रस्तावको मूल एजेण्डा राखिएको सचिवालय बैठक पार्टी पुनर्गठनमा केन्द्रित भएको छ ।