काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आइतबार बिहान ओली निवास, गुण्डुमा सुरु हुनेछ। उपमहासचिव लेखराज भट्टका अनुसार शनिबारको बैठकमा नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक आजका लागि लम्बिएको हो। आज नेताहरूले उठाएका प्रश्नहरूको अध्यक्ष केपी शर्माले सम्बोधन गर्नेछन्।
शुक्रबार र शनिबारका बैठकमा अधिकांश नेताहरूले नेतृत्वको आलोचना गर्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब दिएपछि आजको बैठकमा ओलीले त्यसको जवाफ दिने लागेका हुन् । शुक्रबार र शनिबार बोलेका अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरेका छन्। उनीहरूले वर्तमान परिस्थितिमा अध्यक्षले राजीनामा दिएर नयाँ नेतृत्वका लागि बाटो खुला गर्नुपर्ने माग राखेका थिए। शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन जना उपमहासचिव र चार जना सचिवहरूले आ-आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया