एजेन्सी । अमेरिकाको White House बाहिर भएको गोलीकाण्डमा मारिएका संदिग्धको पहिचान खुलेको छ। उनको नाम नासिर बेस्ट रहेको र उनी २१ वर्षका थिए।
घटनाको अनुसन्धान गरिरहेका एक अधिकारीले बीबीसीका अमेरिकी मिडिया साझेदार सीबीएसलाई उक्त जानकारी दिएका हुन्।
स्रोतका अनुसार, जुलाई २०२५ मा पनि अमेरिकी सिक्रेट सर्भिसले उनलाई पक्राउ गरेको थियो, जतिबेला उनले ह्वाइट हाउसभित्र प्रवेश गर्ने प्रयास गरेका थिए।
त्यसपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण उनलाई मनोचिकित्सा वार्डमा पठाइएको थियो।
सिक्रेट सर्भिसको वक्तव्यअनुसार शनिबार साँझ ६ बजे १७औँ स्ट्रीट र पेन्सिलभेनिया एभिन्यू नजिक उनले आफ्नो झोलाबाट हतियार निकालेर गोली चलाउन थालेका थिए।
त्यसपछि सिक्रेट सर्भिस प्रहरीले जवाफी फायर गरेको थियो, जसबाट संदिग्ध घाइते भएका थिए। उनलाई अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया