१९ अंकले ओरालो लाग्यो नेप्से

१९ अंकले ओरालो लाग्यो नेप्से


काठमाडौं ।

कारोबारको तेस्रो दिन आज नेप्से १९.४२ अंकले घटेर १९६७.५७ को विन्दुमा कायम भएको छ ।

सूचीकृत २७६ कम्पनीहरुको ३९ लाख १६ हजार १ सय ६१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचकमा राताम्मे छाएको छ ।

नेप्से ओरालो लाग्दा एसबीआई बैंकको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, शिवम सिमेन्टस, एभरेष्ट बैंक, आइएमई लाइफ, सोल्टि होटल, साल्टि होटल, साल्ट टेडिङ, नबिल बैंक, हिमालयन लाइफ, नेशनल लाइफ र हिमालयन डिष्टिलरीको शेयर सबैभन्दा धेरै खरिदबिक्रि गर्ने भएको छ ।