काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ ।
बुधबार आन्दोलनको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले कार्कीमाथि अनुसन्धान गर्न भनेको हो ।
प्रतिवेदनमा कार्कीलाई प्रदर्शनको अभियन्ता, आह्वानकर्ता एवं समर्थकको सूचीमा राखिएको छ ।
कार्कीले प्रदर्शन हुनुअघि, प्रदर्शनका क्रममा र प्रदर्शनपश्चात् सामाजिक सञ्जालमार्फत व्यक्त गरेका धारणा र उनको सक्रियताले आन्दोलनलाई कस्तो दिशा दियो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने देखिएको आयोगले जनाएको छ ।
राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदन र सार्वजनिक भएका समाचारहरूका आधारमा कार्कीको संलग्नता पुष्टि हुने आधारहरू देखिएको भन्दै आयोगले उनलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको हो ।

प्रतिक्रिया