युक्रेन युद्धमा पाँच लाख रुसी सैनिक मारिएको बेलायतको दाबी

युक्रेन युद्धमा पाँच लाख रुसी सैनिक मारिएको बेलायतको दाबी


काठमाडौं । बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय GCHQ ले सन् २०२२ मा सुरु भएको युक्रेन युद्धमा लगभग पाँच लाख रुसी सैनिक मारिएको दाबी गरेको छ ।

एजेन्सीले युक्रेनमा पूर्ण स्तरको आक्रमण पछि पाँच लाख रुसी सैनिकको मृत्यु भएको बताएको हो ।

उक्त तथ्याङ्क GCHQ की निर्देशक एन किस्ट-बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा बताएकी हुन् ।

उनले बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरूको पछाडि क्रेमलिनको हात रहेको र हालैका वर्षहरूमा बेलायत सहित अन्य नाटो देशविरुद्ध अघोषित “हाइब्रिड युद्ध” चलाएको आरोप पनि लगाइन् ।

रुस र युक्रेन दुवैले समय-समयमा एकअर्काको सैन्य क्षतिको तथ्याङ्क जारी गर्दै आएका छन्, तर आफ्नै क्षतिको बारेमा विस्तृत जानकारी दिएका छैनन् ।

यद्यपि, फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सन् २०२२ देखि ५५,००० युक्रेनी सैनिक मारिएको बताएका थिए ।