करका दरमा व्यापक परिवर्तन, आयकरको न्यूनतम स्ल्याब १० लाख पुर्‍याइयो

करका दरमा व्यापक परिवर्तन, आयकरको न्यूनतम स्ल्याब १० लाख पुर्‍याइयो


काठमाडौं । सरकारले बजेटमार्फत करका दरमा व्यापक परिवर्तन घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले करमा व्यापक सुधार गरिएको घोषणा गरे ।

११ तहको करबाट ७ तहमा झारिएको उनले बताए । यस्तै आयकर लाग्ने सीमा अब वार्षिक १० लाखभन्दा माथि बनाइएको छ ।

यस्तै ३६० बस्तुको अन्तशुल्क हटाइएको छ । २७२ प्रकारका कच्चा पदार्थमा लगाइएको कर हटाइएको छ ।