रोजगारको प्रलोभनमा बन्धक बनेका ४सय ५३ नेपालीको उद्धार

रोजगारको प्रलोभनमा बन्धक बनेका ४सय ५३ नेपालीको उद्धार


एआइले निमार्ण गरेको फोटो

काठमाडौं । रोजगारको प्रलोभनमा ठगिएका र बन्धक बनेका ४५३ नेपालीको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासले उक्त संख्यामा नेपालीको उद्धार गरिएको जनाएको हो । उनीहरूको उद्धार गर्दै रुपन्देही प्रहरीलाई बुझाइएको दूतावासले बताएको छ । रोजगारीको नाममा प्रलोभन देखाउँदै बन्धक बनाउने कार्य बढेकाले सचेत रहन दूतावासले आग्रह गरेको छ । बिहार लगायत भारतका अन्य सहरमा बन्धक बनाउने क्रियाकलाप बढेकाले सचेत रहन दूतावासले आग्रह गरेको हो ।