रास्वपाका ६२ जिल्लामा सकियो जिल्ला अधिबेशन को कहाँ निर्वाचित ? (सूचीसहित)

रास्वपाका ६२ जिल्लामा सकियो जिल्ला अधिबेशन को कहाँ निर्वाचित ? (सूचीसहित)


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनको तयारीमा रहेको छ । त्यसका लागि अहिले प्रदेश अभिवेशनमा जारी छ । केही दिनअघि जिल्ला अधिवेशन गरेको थियो । जिल्ला अधिवेशनमा रास्वपाले ६३ जिल्लामा सहज रूपमा सम्पन्न गरेको छ । मधेशका अधिकांश जिल्लासहित अन्य केही जिल्लामा भने जिल्ला अधिवेशन प्रभावित भएको छ । रोकिएका जिल्लाको अधिवेशनको नतिजा पनि आइरहेका छन् । अहिलेसम्म रास्वपाका ६३ जिल्ला अधिवेशनबाट नेतृत्व चयन भएको छ भने १५ जिल्लामा विवाद भएको छ । विवादका कारण अधिवेशन हुन सकेको छैन ।

विवादका कारण रोकिएका जिल्ला अधिवेशन तत्काल नहुने भएका छन् । ती जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने रास्वपाले जनाएको छ । रास्वापको केन्द्रीय महाधिवेशन ७ देखि ९ सम्म चितवनमा हुँदै छ ।

२३ र २४ जेठमा रास्वपाले जिल्ला अधिवेशन गरेको थियो । मधेशका जिल्लामा भने विवाद भएको थियो । विवादका कारण निर्वाचनसमेत स्थगित गर्नुपरेको थियो । विवाद लम्बिएपछि २६ जेठमा पनि केही जिल्लामा निर्वाचन प्रक्रिया लम्बिनएको थियो ।

रास्वपाका १५ जिल्लामामा मधेश प्रदेशका धनुषा, बारा, रौतहट, महोत्तरी, सिरहा र सप्तरीमा अधिवेशन हुन सकेको छैन । यी जिल्लामा भने रास्वपाभित्रकै विवादका कारण हुन नसकेको हो । त्यसैगरी, रास्वपाका हुम्ला, मुगु र डोल्लाका तर्दथ समिति भर्खरै गठन गरेका कारण जिल्ला अधिवेशन गरेको छैन । ती जिल्लामा महाविधवेशनपछि जिल्ला अधिवेशन हुनेछ । त्यसैगरी, सिन्धुपाल्चोक, मनाङ र मुस्ताङ, रुकुमपूर्वमा पनि जिल्ला अधिवेशन भएको छैन ।

कस्ले जित्यो कुन जिल्लामा ?

रास्वपाको जिल्ला अधिवेशनबाट धेरै जिल्लामा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । केही जिल्लामा निर्वाचन पनि भएको थियो । रास्वपाको इलाममा दिनेश महत ,झापा सभापतिमा ओमनाथ भण्डारी, मोरङमा भरत कँडेल, सुनसरीमा सागर दाहाल, तेह्रथुममा सुमन खत्री, ताप्लेजुङमा राजनकुमार गुरुङ, उदयपुरमा चित्रकुमार कार्की, संखुवासभामा भक्तनारायण श्रेष्ठ, पाँचथरमा प्रकाश गुरुङ, धनकुटामा भुवन थापा सभापति भएका छन् । त्यसैगरी, सोलुखुम्बुमा नारायणकाजी कार्की, ओखलढुङ्गामा कृष्णबहादुर थापा, खोटाङमा मुकुन्दकृष्ण थापा, भोजपुरमा ख्यामबहादुर भुजेल, चयन भएका छन् ।

यता, जिल्ला अधिवेशनमा सबैभन्दा बढी विवाद भएको मधेश प्रदेशको एउटा जिल्ला मात्रै अधिवेशन भएको छ । मधेशको पर्सा जिल्लामा बुद्धिप्रसाद पन्त सभापति चुनिएका छन् । यता, रास्वपाको काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य, झक्तपुरमा रामेश्वर बस्नेत, ललितपुरमा बुद्धरत्न  महर्जन चयन भएका छन् । त्यसैगरी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, मकवानपुरमा सञ्जीव पाठक, काभ्रेमा प्रवीण ढकाल, रसुवामा वसन्त भट्ट, सिन्धुलीमा अविनाश बस्नेत, धादिङमा राजन अर्याल, रामेछापमा रमेशकुमार रायमाझी, चितवनमा मिनिमाधव खनाल सभापति चयन भएका छन् ।

मनाङ, मुस्ताङसहितका जिल्लामा अधिवेशन भएको गण्डकी प्रदेशका स्याङ्जामा रुक्मांगत भण्डारी (विश्वास भण्डारी) र कास्कीमा यदुनाथ अधिकारी अध्यक्ष चयन भएका छन् । अधिकारी गत शनिबारको अधिवेशनमा निर्वाचित भएका हुन । उनले प्रतिद्धन्द्धीलाई एक मतले पराजित गरेका थिए । त्यसैगरी, पर्वतमा जलबहादुर पुन, लमजुङमा अशोक सापकोटा, बागलुङमा पुनम शर्मा, म्याग्दीमा युवराज रोक्का, तनहुँमा विश्व बास्तोला, गोरखामा सुवर्ण रोकाहा क्षेत्री, नवलपुरमा दोमनबहादुर भण्डारी सभापति चयन भएका छन् ।

यता, प्युठानमा विकास पोखरेल, बाँकेमा विवेककुमार श्रेष्ठ, बर्दियामा शान्ता बुढा क्षेत्री, अर्घाखाँचीमा सीता पराजुली, रुपन्देहीमा महेन्द्रप्रसाद उपाध्याय रोल्पामा बालाराम थापा, गुल्मीमा हरि श्रेष्ठ, कपिलवस्तुमा शिवकुमार सुवेदी, नवलपरासी पश्चिममा रवि पाण्डेय, पाल्पामा विष्णुप्रसाद भण्डारी, दाङमा किरण खनाल सभापति चयन भएका छन् ।

सुर्खेतमा रमेशकुमार सापकोटा, रुकुम पश्चिममा द्रोण खड्का, जुम्लामा मकरबहादुर भण्डारी, कालीकोटमा प्रेमबहादुर केसी, सल्यानमा प्रकाश नेपाली, दैलेखमा बखतबहादुर भण्डारी, जाजरकोटमा महेश सिंह सभापति चयन भएका छन् । सुर्खेतका सापकोटा सांसद पनि हुन् भने दैलेखमा भएको चुनावको विरोध भइरहेको छ । भण्डारी निर्वाचत भएपछि विपक्षी समूहले खसेको मतभन्दा बढी मतगणना भएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।

त्यसैगरी, कैलालीमा कवीन्द्र ठगुन्ना, कञ्चनपुरमा पदम विष्ट, दार्चुलामा राजेशसिंह सामन्त, झाङमा सत्यराज उपाध्याय, डडेल्धुरामा सुरेन्द्र अवस्थी, अछाममा ओमप्रकाश रावल, बाजुरामा नवराज जैशी बैतडीमा भीम नाथ, बडोटीमा केशव बलायर सभापति चयन भएका छन् ।