सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले दिए जवाफ

सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले दिए जवाफ


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहले सीमाबारे दिएको अभिव्यक्ति नेपाल र भारतबीच दशगजा अतिक्रमण र ‘क्रस–बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको बताएका छन् ।

बुधबार संसद्‌मा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।

उनले भने, “प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा नेपालले मिचेको कुरा क्रमबोर्डर अकुपेन्सीसँग सम्बन्धित छ ।”

बालेनले सीमाको विषयमा बेलायतको नाम दस्तावेजहरुसँग जोडिएको दाबी गरेका थिए । यसबारे खनालले नेपाल भारतको सीमाको विषयमा तेस्रो देशको मध्यस्यता नखोजेको दाबी गरे । उनले सीमाको विषय दुई देशको बीचमा हुने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले जेठ १९ गते संसद्‌को रोस्ट्रमबाट नेपालले पनि भारतको जमिन मिचेको रहेछ भनेका थिए। सो अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका थिए।

लगातारको विरोधपछि बुधबार दलहरूबीच त्यसमा परराष्ट्र मन्त्रीले जबाफ दिने सहमति जुटेको थियो। सोहीअनुसार विपक्षीले अवरोध खोल्ने र परराष्ट्र मन्त्रीले जबाफ दिने तय भएको थियो ।