काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले हिजो प्रतिनिधिसभा वैठक केहीबेर सञ्चालन गर्दा विभिन्न खाले टिकाटिप्पणीहरु भए । उनलाई केही सांसदको नाम उच्चारण गर्न सकस परेको थियो ।
ठाकुरको मातृभाषा मैथली भएकाले नेपाली सहजताका साथ बोल्न सक्दिनन् । यसले गर्दा पनि उनलाई सभा सञ्चालनमा कठिनाइ भएको देखिन्थ्यो । यस विषयमा सामाजिक सञ्जामा ठाकुरले आफ्नो भनाइ राखेकी छन् । उनले आफू शुद्ध नेपाली बोल्न प्रयासरत रहेको बताएकी छन् ।
मातृभाषा मैथली र जन्मभूमि मधेश भएकाले आफ्नो बोली लवज र अभिव्यक्तिमा मैथिलीको मिठास झल्किनु स्वभाविक भएको ठाकुरको भनाइ छ ।
उनले लेखेकी छन्, ‘मातृभाषा केवल संवादको माध्यम मात्र होइन, यो हाम्रो पहिचान, संस्कृति, सभ्यता, इतिहास र आत्मासँग जोडिएको अमूल्य सम्पदा हो । यसलाई म गर्वका साथ अपनाउँछु र जीवनभर सम्मान गरिरहनेछु । शुद्ध नेपाली बोल्न म निरन्तर प्रयासरत छु ।’

प्रतिक्रिया