काठमाडौं । पहिलो राष्ट्रिय महाधिवेशनको संघारमा रहेको रास्वपाले ६४ जिल्ला र ४ वटा प्रदेशको अधिवेशन सम्पन्न गरेको छ ।
केही स्थानका अधिवेशन आन्तरिक विवाद र विधान मिचिएका कारण स्थगित र बदरसमेत भएका छन् ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार हालसम्म ४ हजार ३६३ वडा, ६०९ पालिकाको अधिवेशन सकिएको छ ।
कर्णाली प्रदेशका २ जिल्ला डोल्पा र हुम्ला, लुम्बिनीको रुकुम पूर्व, गण्डकीको मनाङ र मुस्ताङ, मधेशको धनुषा, सप्तरी बारा र सर्लाहीमा अधिवेशन बाँकी छ । अधिवेशन प्रक्रिया सुरू भई स्थगन भएका जिल्लाको सूचीमा सिन्धुपाल्चोक, सिरहा, महोत्तरी र रौतहट छन् ।
७ प्रदेशमध्ये मधेशको अधिवेशन स्थगन छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको बुर्लाकोटीले बताए ।
रास्वपाले यही असार ७-९ मा चितवनमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया