श्रम संस्कृति पार्टीले वेल घेराउ जारी राखेपछि प्रतिनिधिसभा बैठक स्थगित

श्रम संस्कृति पार्टीले वेल घेराउ जारी राखेपछि प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं । श्रम संस्कृति पार्टीले वेल घेराउ जारी राखेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्क साम्पाङसहित सांसदहरूले उद्योग मन्त्रीले दिएको जबाफ चित्तबुझ्दो नरहेको बताएका थिए।

साम्पाङले आफूले सोधेको प्रश्नमा जबाफ नआएको बताएपछि सभामुखले मन्त्रीको जबाफमाथि स्पष्टीकरण दिने व्यवस्था नरहेको बताएका थिए।

त्यसपछि श्रम संस्कृतिले वेल घेराउ गरेको थियो। नाराबाजीबीच वेल घेराउ हुँदाहुँदै मन्त्री र सांसदहरूबीच प्रश्नोत्तर पनि चलेको थियो।