चितवनमा रास्वपाको महाधिवेशन तयारी तीव्र

चितवनमा रास्वपाको महाधिवेशन तयारी तीव्र


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको तयारी अघि बढेको छ । चितवनमा हुने महाधिवेशनका लागि व्यवस्थापन, प्रतिनिधि समन्वय र सभाहल निर्माणको काम सुरू गरिएको छ ।रास्वपाको महाधिवेशन यही ७-९ गते भरतपुर, चितवनमा हुँदैछ ।  महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ ।  पार्टीले यस महाधिवेशनमार्फत नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने जनाएको छ । रास्वपामा ३ हजार हाराहारीमा प्रतिनिधि चयन भएका छन् ।