रास्वपाको प्रथम महाधिवेशनमा ओली, प्रचण्ड र गगन थापा नजाने

रास्वपाको प्रथम महाधिवेशनमा ओली, प्रचण्ड र गगन थापा नजाने


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा भाग लिन नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति गगन थापा नजाने भएका छन् ।

रास्वपाले चितवनमा आइतबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन ओली, प्रचण्ड र थापालाई औपचारिक निमन्त्रणा दिएको थियो । तर तीनै जना स्वास्थ्यका कारण सहभागी हुन नसक्ने भएपछि आफ्ना अन्य नेताहरूलाई पठाउने तयारी गरिएको छ ।

एमालेबाट  प्रदिप ज्ञावली, नेकपाबाट वर्षमान पुन र नेपाली कांग्रेसबाट उपसभापति पुष्पा भुसाल महाधिवेशनमा सहभागी हुने भएका छन् । रास्वपाको प्रथम महाधिवेशन चितवनमा भव्य रूपमा आयोजना हुँदैछ । उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा आमन्त्रित प्रमुख राजनीतिक दलका अध्यक्षहरूको अनुपस्थितिले राजनीतिक वृत्तमा चर्चा भएको छ । स्वास्थ्य समस्या मुख्य कारण रहेको सम्बन्धित पार्टीहरूले जनाएका छन् ।

महाधिवेशनले रास्वपाको नयाँ नेतृत्व चयन गर्दै पार्टीको भावी रणनीति, नीति तथा कार्यक्रम तय गर्ने बताइएको छ ।