उपसभापति स्वर्णिम वाग्लेले घोषणा गरे केन्द्रीय सदस्यमा उम्मेदवारी

उपसभापति स्वर्णिम वाग्लेले घोषणा गरे केन्द्रीय सदस्यमा उम्मेदवारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन हुने दिन नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।

चितवनमा आज रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै छ । महाधिवेशनमा देशभर तथा विदेशबाट चार हजारभन्दा धेरै महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने रास्वपाले जनाएको छ ।

सभापतिमा संस्थापक सभापति रवि लामिछाने दोहोरिने निश्चित देखिएका छन् । अन्य पदमा भने तस्वीर स्पष्ट भइसकेको छैन । यसैबीचमा उपसभापति स्वर्णिम वाग्लेले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

२०८० मा रास्वपा प्रवेश गरी वाग्ले तनहुँबाट प्रतिनिधिसभाको उपचुनाव लडेका थिए । त्यस चुनावमा निर्वाचित भएका उनी पार्टीमा उपसभापति मनोनीत भएका थिए । पहिलो महाधिवेशनमा भने उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । वाग्ले अहिले बालेन मन्त्रिपरिषद्मा दोस्रो वरीयताका साथ अर्थमन्त्री छन् ।