काँग्रेस सभापति गगन थापा रास्वपाको मञ्चमा पुग्दा चर्को हुटिङ

काँग्रेस सभापति गगन थापा रास्वपाको मञ्चमा पुग्दा चर्को हुटिङ


चितवन । नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाको महाधिवेशनमा शुभकामना सन्देश दिन पुग्दा कार्यकर्ताले हुटिङ गरेका छन् । चितवनमा उद्घाटन सत्रलाई सम्बोधन गर्न थापा पुगेलगत्तै रास्वपाका कार्यकर्ताहरू हुटिङ गरेका हुन् ।

थापालाई रास्वपाका प्रवक्ता मनिष झा, हरि ढकाल, महामन्त्री कवीन्द्र बुर्लाकोटीसहितका नेताले स्वागत गरेका थिए ।

सामाजिक सञ्जालमा शुभकामना दिएर थापा सम्बोधन गर्न चितवन पुगेका हुन् । रास्वपाका सभापति रवि लामिछानेसँग सौहाद्र सम्बन्ध नभए पनि थापा चितवन पुगेका हुन् ।