रौतहट । नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने स्पष्ट पारेका छन् ।
झापामा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी अब पूर्ण रूपमा डिजिटल र प्रणाली (सिस्टम) मा आधारित भएर अघि बढ्ने उद्घोष गरे ।
पार्टीभित्रको इतर समूह, विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको सन्दर्भलाई जोड्दै उनले यस्तो धारणा राखेका हुन् ।
सभापति थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले आदर र माया गरे पनि वैधानिक रूपमा सदस्य स्वीकार नगर्ने बताए । ‘कसैले सदस्यता अद्यावधिक गर्नुभएको छैन भने क्षमा गर्नुहोला, पार्टीले सम्मान गर्छ, माया गर्छ, तर सदस्यका रूपमा चिन्दैन । अब सिस्टमले नै चिन्दैन,’ उनले भने ।
कांग्रेसमा नयाँ र सक्षम पुस्ताको नेतृत्व उदाउँदै गएको भन्दै थापाले खुसी व्यक्त गरे । पुरानो शैलीमा कुर्सी मात्र ओगटेर बस्ने प्रवृत्तिले पार्टी अघि बढ्न नसक्ने उनको टिप्पणी थियो । कांग्रेस चलाउन सक्ने ’एक से एक’ युवा साथीहरू आइसकेकाले अब उनीहरूले नै पार्टी सम्हाल्ने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया