रास्वपा महाधिवेशनमा डिजिटल अभ्यास : विदेशबाटै मतदान

रास्वपा महाधिवेशनमा डिजिटल अभ्यास : विदेशबाटै मतदान


Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने भएका छन्। विदेशस्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेका सदस्यहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीले जनाएको छ।

विदेशबाट १६३ प्रतिनिधि रहेकामा महाधिवेशनमा उपस्थित हुन नसक्नेहरूले अनलाइन माध्यमबाट नेतृत्व चयनमा सहभागिता जनाउनेछन्। यता, महाधिवेशन स्थलमा रहेका प्रतिनिधिहरूका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गराइँदै छ।

९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाको उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निकै चर्किएको छ। निर्वाचन आयोगले मतदान सकिएको एक घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने दाबी गरेको छ।

प्राविधिक कारणले केही लम्बिएको महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ। डिजिटल मतदान प्रणालीमार्फत देशभित्र र विदेशमा रहेका प्रतिनिधिलाई एकै प्रक्रियामा जोडेर रास्वपाले नयाँ अभ्यासको सुरुवात गरेको छ।