खाडी संकटः होर्मुजमा फसेका ११ हजार नाविकको उद्धारको तयारी

खाडी संकटः होर्मुजमा फसेका ११ हजार नाविकको उद्धारको तयारी


एजेन्सी। अमेरिका, इजरायल र इरानबीचको तनावका कारण खाडी क्षेत्रमा फसेका ११ हजारभन्दा बढी नाविकलाई उद्धार गर्न संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले विशेष योजना अघि बढाएको छ।

उद्धार अभियान अमेरिका, इरान, खाडी राष्ट्रहरू र शिपिङ कम्पनीहरूको सहकार्यमा सञ्चालन हुने बताइएको छ। साथै, विश्व व्यापारका लागि महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज समुद्री मार्गमा जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने तयारीसमेत गरिएको छ।

द्वन्द्व कम गर्न अमेरिका र इरानबीच अन्तरिम सम्झौता भए पनि आणविक कार्यक्रमलगायत केही विषयमा विवाद अझै कायम रहेको छ।

खाडी क्षेत्रमा बढ्दो तनावबीच हजारौँ नाविकको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय समुदाय सक्रिय बनेको छ।