काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पहिलो चरणमा केन्द्रीय सदस्यका लागि भएको मतदान सकिएको छ ।
केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा २ हजार ९५९ प्रतिनिधिले मत खसेको छ । रास्वपाका पहिलो महाधिवेशनका लागि ३ हजार ८४९ जना प्रतिनिधि रहेका थिए ।
मतदान सकिएर मुचुल्काको काम सम्पन्न भएलगत्तै केहीबेरमा नै मतगणना सुरु गर्ने तयारी निर्वाचन आयोगले गरेको बताइएको छ ।
केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि आजै दिउँसो ४ बजेदेखि पदाधिकारीको पनि मतदान सुरु गरिने नेताहरूले बताएका छन् ।
रास्वपाको नयाँ विधानअनुसार सभापति, खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्री पदको लागि अब मतदान हुनेछ । तर सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया