रास्वपा महाधिवेशन : पदाधिकारीका लागि सवा ९ बजेपछि मतदान

रास्वपा महाधिवेशन : पदाधिकारीका लागि सवा ९ बजेपछि मतदान


काठमाडौं । चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका पाँचौं पटक संशोधन गरिएको छ ।

पछिल्लो पटकको संशोधनअनुसार आजै ४:४५ बजे केन्द्रीय सदस्यको निर्वाचनको मतपरिणाम घोषणा गर्ने भनिएको छ । तर, यो समाचार तयार पार्दासम्म मतपरिणाम घोषणा गरिएको छ ।

पदाधिकारीका लागि साँझ ८:४५ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ भने ९:१५ देखि १२:१५ बजेसम्म मतदान हुने तालिकामा उल्लेख छ ।