रञ्जुले पनि लिइन् उम्मेदवारी फिर्ता, विपिनलाई समर्थन

रञ्जुले पनि लिइन् उम्मेदवारी फिर्ता, विपिनलाई समर्थन


काठमाडौं । रास्वपाको महाधिवेशनअन्तर्गत पदाधिकारीको चुनाव हुनुअगाडि महामन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका १० जनामध्ये ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अब मैदानमा चार जना मात्र रहेका छन् ।

पछिल्लोपटक रञ्जु दर्शनाले विपिन आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । यसअघि कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, राजुनाथ पाण्डे र प्रमोद न्यौपानेले पनि आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । शिशिर खनालले पनि मनिष झालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

अब मैदानमा आचार्यसँगै सागर ढकाल, गणेश कार्की र मनिष झा मात्र बाँकी रहेका छन् ।