काठमाडौं । रास्वपा सहमहामन्त्री पदमा हरि ढकाल र असिम शाह विजयी भएका छन्।
चितवनको भरतपुरमा आज भएको महाधिवेशनअन्तर्गत निर्वाचनमा सहमहामन्त्री खुलातर्फ ढकाल र शाह विजयी भएका हुन्।
ढकाल प्रतिनिधि सभा सांसद छन् भने शाह प्रधानमन्त्री बालेन शाहको राजनीतिक सल्लाहकार हुन्।
सहमहामन्त्री पुरुषका लागि शाह र ढकालसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरु र हिमेश पन्त प्रतिस्पर्धी थिए ।

प्रतिक्रिया