अन्तत: चोभारमा आगो लागेको कारका चालक र यात्रु गाडीभित्रै जले

अन्तत: चोभारमा आगो लागेको कारका चालक र यात्रु गाडीभित्रै जले


काठमाडौं । सडकमा गुडीरहँदा आगलागी भएको बा ५ च ३०३८ को निजी कारको आगो नियन्त्रणमा आए पनि चालकसहित अन्य यात्रु गाडीभित्रै आगलागीमा परेका छन् ।

उक्त गाडी विद्युतीय (ईभी) नभएको ट्राफिकले जनाएको छ । मंगलबार साढे ११ बजेपछि चोभारमा गुडीरहँदा एक्कासी गाडीमा आगो लागेको थियो ।

प्रत्यक्षदर्शीले तत्कालै प्रहरी र ट्राफिकलाई खबर गरेका थिए । उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ट्राफिक टोली पुग्नासाथ आगो नियन्त्रणमा आएको छ ।

तर, चालक सहितका यात्रु डढेको अवस्थामा गाडीभित्रै छन् ।

गाडीको ढोका खुल्न नसकेको र भित्र धुँवा भरिएकाले यात्रुको संख्या यकिन भएको छैन । चालक डढेको अवस्थामा देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।