बिहार उपनिर्वाचन : प्रशान्त किशोरले भत्काए भाजपाको गढ

बिहार उपनिर्वाचन : प्रशान्त किशोरले भत्काए भाजपाको गढ


काठमाडौं । चुनावी रणनीतिकार तथा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरले बिहारको बाँकीपुर विधानसभा उपनिर्वाचनमा जित हासिल गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रमा जुलाई ३० मा मतदान भएको थियो ।

उपनिर्वाचनमा ३५ प्रतिशतभन्दा कम मतदान भए पनि अन्तिम मतपरिणाममा प्रशान्त किशोरले भाजपा उम्मेदवार नीरज कुमारलाई १९ हजार ३२४ भन्दा बढी मतले पराजित गरेका हुन् । किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दा नीरज कुमारले ४४ हजार ८२७ मत पाए ।

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले सामाजिक सञ्जाल एक्समार्फत किशोरलाई बधाई दिँदै जनताले दिएको जनादेशको सम्मान गर्ने बताएका छन् ।