काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको वित्तीय अवस्था र बजेटमा घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको प्रभावकारी कार्यान्वयनबारे छलफल गर्न आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई मन्त्रालयमा बोलाएका छन्।
मंगलबार दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने बैठकमा वित्तीय क्षेत्रका चुनौती, लगानी प्रवाह, कर्जा विस्तार, बैंकिङ प्रणालीको वर्तमान अवस्था तथा निजी क्षेत्रको विश्वास अभिवृद्धिलगायत विषयमा व्यापक छलफल हुने बताइएको छ।
अर्थ मन्त्रालयका अनुसार बजेटमा समेटिएका आर्थिक सुधारका योजनालाई व्यवहारमा उतार्न बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग प्रत्यक्ष संवाद गर्न लागिएको हो।
सरकारले अर्थतन्त्रलाई थप चलायमान बनाउने, वित्तीय प्रणालीलाई सुदृढ गर्ने र निजी क्षेत्रको लगानी बढाउने उद्देश्यसहित आयोजना गरेको यो बैठकलाई आर्थिक नीतिको कार्यान्वयनसँग जोडिएको महत्वपूर्ण संवादका रूपमा हेरिएको छ।

प्रतिक्रिया