तीजको अघिल्लो दिन बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

तीजको अघिल्लो दिन बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ ।

नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ ५०० रुपैयाँले उकालो लागेको छ।

आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैपाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।