खगराज भट्ट सुदूरपश्चिमको नयाँ मुख्यमन्त्री नियुक्त

खगराज भट्ट सुदूरपश्चिमको नयाँ मुख्यमन्त्री नियुक्त


धनगढी । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन्।

नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

भट्टले शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको जानकारी दिए।

यसअघि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहीबार साँझ आह्वान गरेका थिए।