काठमाडौं । नेपाली कांग्रेसको इतर समूहका नेता डा। शशांक कोइरालाले आफूहरूको सभापति शेरबहादुर देउवा नै रहेको बताएका छन्।
इतर समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले देउवाकै नेतृत्वमा नेपाली कांग्रेस अघि बढ्ने बताएका हुन्। उनले भेलामा देउवाको उपस्थिति नै कार्यक्रमको सफलताको महत्वपूर्ण आधार बनेको बताए। देउवाको भाग्य राम्रो रहेको टिप्पणी गर्दै कोइरालाले उनको स्वागतमा देखिएको उत्साहप्रति आफू अचम्मित भएको बताए।
‘शेरबहादुर देउवाको भाग्य नै राम्रो छ,’ उनले भने, ‘शेरबहादुर देउवा आउनासाथ मलाई थाहा छ, यो सफल हुन्छ।’ देउवाको स्वागतका क्रममा देखिएको कार्यकर्ताको उत्साहले आफूलाई आश्चर्यमा पारेको उल्लेख गर्दै कोइरालाले भने, ‘हिजो उहाँको स्वागतमा जुन उत्साह देखेँ, मलाई अचम्म लाग्यो।’ कोइरालाले पार्टीको नेतृत्वबारे स्पष्ट धारणा राख्दै भने, ‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो। उहाँको नेतृत्वमा कांग्रेस हिँड्छ।’

प्रतिक्रिया