अर्को पार्टी खोल्ने पक्षमा म छैन : शशांक

अर्को पार्टी खोल्ने पक्षमा म छैन : शशांक


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गरेका छन्। काठमाडौंमा जारी राष्ट्रिय भेलास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारे। भेला आयोजक समितिका संयोजकसमेत रहेका उनले पार्टीभित्रको विवाद संवाद र छलफलबाट समाधान गर्नुपर्ने बताए।

‘हामीलाई समयअनुसार परिमार्जित गर्दै जानुपर्छ, यस्तै भेलाले गर्ने हो। विभाजन आउने सम्भावना कम छ। आयो भने सिचौँला। तर अर्को पार्टी खोल्ने पक्षमा म छैन,’ कोइरालाले भने। उनले १५औँ महाधिवेशन देउवाको नेतृत्वमा हुनुपर्ने आफ्नो धारणा रहेको बताए। देउवाको नेतृत्वमा महाधिवेशन हुन नसक्ने अवस्था आएमा भने पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय लिइने उनको भनाइ छ।

कोइरालाले पार्टीलाई विभाजनबाट जोगाउँदै एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।