काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ९३ वर्षको उमेरमा सोमबार राति निधन भएको नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले जानकारी दिएका छन्।बुढानीलकण्ठस्थित आफ्नै निवासमा श्रेष्ठको निधन भएको हो। पछिल्लो ६ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय श्रेष्ठले नेपाल भाषासँगै नेपाली भाषामा पनि कविता, गीतलगायत विभिन्न साहित्यिक विधामा कलम चलाएका थिए। नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि उनलाई ‘जनकवि’को उपाधिबाट सम्मान गरेको थियो। नेपाल भाषामा उनका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्। नेपाल भाषाको साहित्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका श्रेष्ठको निधनले साहित्यिक क्षेत्रमा शोक छाएको छ।
वरिष्ठ कलाकार हरिवंश आचार्यले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया