एनसेलको वार्षिकोत्सव अफर : ७ जनालाई स्कुटर देखी दैनिक साप्ताहिक उपहार ,कसरी पाउने ?

एनसेलको वार्षिकोत्सव अफर : ७ जनालाई स्कुटर देखी दैनिक साप्ताहिक उपहार ,कसरी पाउने ?


काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले, १८ औं वार्षिकोत्सवमा अवसरमा आफ्ना ग्राहकलाई विभिन्न अफरहरुको घोषणा गरेको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले सबै ग्राहक मध्येबाट ७ जनालाई स्कुटर जित्न सक्ने अफरको घोषणा गरेको हो ।

जसका लागि ग्राहकले एस्ट्रिक्स १७११७ ह्यास डायल गर्नुपर्नेछ  । अफर एक्टिभेट भइसकेपछि सबै प्रयोगकर्ताले विभिन्न अफर पाउनेछन् ।

सहभागी हुने प्रयोगकर्ताले एनसेलले उपलब्ध गराउने दैनिक, साप्ताहिक र बम्पर अफरहरू पाउने सो कम्पनीको दाबी छ । दैनिक उपहारमा ग्राहकले बिना कुनै शुल्क एनसेलका विभिन्न अफरहरू पाउने छन् ।

त्यस्तै प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन् । यसैगरी अफरको अन्तिममा भाग्यशाली ७ जनालाई एक एक ओटा स्कुटर दिने घोषणा कम्पनीले गरेको छ ।

एनसेलका अनुसार साप्ताहिक र बम्पर उपहार पाउनका लागि ग्राहकले अफर अवधिभर एनसेल सेवा प्रयोग गरेको हुनुपर्नेछ ।
यो अफर आज (आइतवार ३१ भदौ) देखि २८ दिनसम्म चल्ने बताइएको छ ।