हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिपक्षी दलहरूको अनुपस्थितिबीच बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि भएको मतदानमा मुख्यमन्त्रीको पक्षमा ५७ मत परेको छ भने विपक्षमा शुन्य मत परेको छ । त्यसैगरी तटस्थमा पनि शुन्य मत परेको छ ।
बागमती प्रदेश सभामा हाल कुल १०४ जना सदस्य कायम छन् । तीमध्ये नेपाली कांग्रेसका ३६, नेकपाका २६, नेकपा एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् । प्रदेश सभा सरकार गठनका लागि ५३ सदस्यको समर्थन आवश्यक पर्छ ।
प्रतिपक्षी दलहरू बैठकमा अनुपस्थित रहेकाले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको मतदान सत्ता पक्षका सदस्यहरूको उपस्थितिमा भएको थियो । विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री थापा मगर नेतृत्वको प्रदेश सरकारलाई संवैधानिक रूपमा निरन्तरता दिने आधार बनेको छ ।

प्रतिक्रिया