नुवाकोटमा भोटेकोसीको बाढीले ठूलो मानवीय क्षति भयाे : सहायक प्रजिअ

नुवाकोटमा भोटेकोसीको बाढीले ठूलो मानवीय क्षति भयाे : सहायक प्रजिअ


काठमाडौं । भोटेकोसीतर्फबाट आएको भीषण बाढीले नुवाकोटका तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले बाढीका कारण तटीय क्षेत्रमा ठूलो मानवीय क्षति भएको जानकारी दिएका छन्।

‘धेरै ठूलो मानवीय क्षति भयो । भौतिक क्षतिको त कुरै नगरौँ,’ हुमागाईंले भने। उनका अनुसार बाढीबाट भएको क्षतिको यकिन विवरण भने आइसकेको छैन। स्थानीय प्रशासन तथा सुरक्षा निकायले क्षतिको विवरण संकलन तथा उद्धारको काम गरिरहेका छन्।

बाढीबाट नुवाकोटका तटीय क्षेत्रमा घर, संरचना तथा अन्य भौतिक सम्पत्तिमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ।