बाढीको जोखिम बढेपछि गगन थापाको सरकारलाई दबाब : ‘उद्धारमा केन्द्रित होऊ’

बाढीको जोखिम बढेपछि गगन थापाको सरकारलाई दबाब : ‘उद्धारमा केन्द्रित होऊ’


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा आएको अप्रत्याशित तथा आकस्मिक ठूलो बाढीका कारण अवस्था गम्भीर बनेको भन्दै भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।  बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले विपद्को अवस्थामा सुरक्षित रहन र जोखिमयुक्त क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न आग्रह गरेका हुन्।

उनले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहतमा केन्द्रित हुन अनुरोध गरेका छन्।   थापाले विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहनेसमेत बताएका छन्।

उनले कांग्रेसका सम्पूर्ण समिति तथा विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका पार्टी नेतृत्व तथा सदस्यहरूलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न र उद्धार तथा राहत कार्यमा तत्काल जुट्न अपिल गरेका छन्।  भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको भन्दै थापाले सम्भावित क्षति न्यूनीकरणका लागि समयमै सतर्कता अपनाउन आग्रह गरेका हुन्।